वरिष्ठताको आधारमा इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

वरिष्ठताको आधारमा इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत

Sarbocha adalat

काठमाडौं । संवैधानिक इजलास गठनका विषयमा सर्वोच्च अदालत र सर्वोच्च अदालत बार एसोसिएसनबीच सहमति भएको छ ।

मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष प्रा.पूर्णमान शाक्यको नेतृत्वमा आएको टोली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

प्रधानन्यायाधीश जबरासँगको छलफलमा वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीश तोक्ने सहमति भएको हो । संवैधानिक इजलासमा तोकिएका न्यायाधीशका विषयमा प्रश्न उठेमा त्यसपछिको वरियता क्रममा रहेका न्यायाधीशलाई राख्ने सहमति भएको छ ।

त्यसका लागि सर्वोच्चको फूलकोर्टले निर्णय गर्ने सहमति भएको हो । यसका लागि नियमावली संशोधन गर्ने सहमति पनि बनेको छ । एक हप्ताभित्र नियमावली संशोधन गरिने बताइएको छ । सो संसोधनका लागि सुनुवाई भने रोकिन सक्ने आँकलन गरिएको छ ।

यसअघि न्यायाधीशको विषयमा विवाद बढेको थियो । प्रतिनिधि सभा विघटनविरुद्धको विपक्षी गठबन्धनको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले इजलाशमा बसेका न्यायाधीशहरु बस्ने नैतिक आधार नभएको जिकिर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);