आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ ।

हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको  सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भूभागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य  बदली रहेको छ। प्रदेश १.प्रदेश नं २ र बागमती प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका  केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नँ १ र बागमती प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको पनि संभाबना रहेको छ।

त्यसैगरी आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका  थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

प्रदेश १ र बागमती प्रदेशका  एक दुइ  स्थानमा मेघगर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply