विश्वभर अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइदैँ | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

विश्वभर अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइदैँ

काठमाडौँ। आज सगरमाथा दिवश ।विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानवले पाइला टेकेको दिनको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । सगरमाथामा मानव पाइला पुगेको ६८ वर्ष भएको छ ।

दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन साबिक आठ हजार ८४८ मिटर अग्लो (हाल ८ हजार ८४८.८६ मिटर) सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको प्रदर्शन गरेको दिनलाई अन्तराष्ट्रिय दिवसकारुपमा मनाउने गरिन्छ ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै मनाउने गरिन्छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनाउनेका कामको आरम्भ समेत भएको थियो । सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै अहिलेसम्म झण्डै ९ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन्।

Leave a Reply