काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोरोना संक्रमण रोक्नेभन्दा त्रास फैलाएर आफू सुरक्षित हुन खोजीरहेको आरोप लगाएको छ ।
बुधबार बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकार कोरोना संक्रमण रोक्नेभन्दा त्रास फैलाएर आफू सुरक्षित हुन खोजीरहेको आरोप लगाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित निवासमा बसेको बैठकले सरकार कोरोना नियन्त्रण गर्नेभन्दा यसको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको ठहर गरेको हो ।
काँग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे ध्यानाकर्षण मार्फत सरकारलाई जिम्मेवार बनाउने प्रयास गरेको तर सरकार गम्भिर कांग्रेस नेतो डा प्रकाशशरण महतले बताए । सकारबाट अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पीसीआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पु¥याउने सार्थक प्रयास नभइरहेको कांग्रेसको ठहर छ ।