सगरमाथा आरोहण: कामीरिता शेर्पाद्वारा २६ औं आरोहण रद्द | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सगरमाथा आरोहण: कामीरिता शेर्पाद्वारा २६ औं आरोहण रद्द

काठमाडौं । सगरमाथाको चुचुरोमा पाइला राखेर विश्व कीर्तिमान कायम गरी २६ औं आरोहणको लागि आधारशिविर पुगेका कामीरिता शेर्पा मंगलबार काठमाडौं फर्किनु भएको छ ।

आफ्नै कीर्तिमान तोड्दै हालै मात्र २५ औं पटक सगरमाथाको आरोेहण गरेर २६ औं आरोहणको लागि आधार शिविर पुगेका शेर्पाले परिवारको आग्रहमा कार्यक्रम स्थगित गरेको बताइएको छ । काठमाडौं विमानस्थलमा उहाँलाई परिवारले स्वागत गरेका छन् ।

स्वागतका लागि श्रीमती, छोरा लगायतको उपस्थिती थियो । कामीरिता वैशाख २४ गते आरोहीहरुका लागि बाटो बनाउँदै २५ औं पटकको सगरमाथाकने चुचुरोमा पुगेका थिए।

एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्ने तयारीमा रहेका उहाँले काठमाडौंको तीनचुलीमा रहेको आफ्नो परिवारको अनुरोधमा २६ औं पटकका लागि तय गरिएको आरोहण रद्द गरेका हुन् ।

यसअघि कामीरिताले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दोहो¥याएर सगरमाथा आरोहण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);