कात्तिक र मंसिर महिनामा मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुको पछाडि ठूलै षड्यन्त्र लुकेको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

कात्तिक र मंसिर महिनामा मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुको पछाडि ठूलै षड्यन्त्र लुकेको आरोप

काठमाडाैं । राजनीतिक दलहरुले कात्तिक र मंसिर महिनामा मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुको पछाडि ठूलै षड्यन्त्र लुकेको आरोप लगाएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै २२ राजनीतिक दलले कोरोना भाइरसको तेस्रोे लहर आउने विज्ञहरुको चेतावनीबीच कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गर्नु ठूलै षड्यन्त्र लुकेको आरोप लगाएका हुन् ।

आरोप लगाउने राजनीतिक दलहरुमा नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त गणतान्त्रिक मोर्चा लगायतका २२ राजनीतिक दल रहेका छन् । मोर्चको तर्फबाट सीपी गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताले चुनाव नभइ जीवनरक्षा चाहेको उल्लेख छ ।

साथै मध्यावधि निर्वाचनको घोषणा खारेज गर्न पनि २२ राजनीतिक दलहरुको कार्यगत एकताको तर्फबाट माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);