नागरिकता सम्बन्धी २०७८ अध्यादेशमा के छ ,नयाँ व्यवस्था ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

नागरिकता सम्बन्धी २०७८ अध्यादेशमा के छ ,नयाँ व्यवस्था ?

काठामाडौँ। सरकारले नागरिकता अध्यादेश २०७८ जारी गरेको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विधादेवी भण्डारीद्धारा आइतबार एक विज्ञप्तिमार्फ नाागरिकता अध्यादेश २०७८ जारी गरिएको हो । संसद्मा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले अध्यादेशमार्फत् नागरिकता वितरण गर्ने गरी बाटो खुल्ला गरिदिएको हो ।

अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ। तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्ने छ । त्यस्तै , नेपाली आमाबाट नेपालमै जन्म भएको कुनै वालिग तर, बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकमा रुपान्तरण हुने व्यवस्था गरिएको छ ।

नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले आमाको मृत्युदर्ता भएको कारन खुलाई निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै , अर्को अध्यादेशमा भनिएको छ ,बाबुको पहिचान नभएको तर नागकिरता लिएपछि बाबु विदेशी भएको पाइए नेपाली नागरिकता पाएकाहरुले विदेशी नागरिकता नलिएको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था समेत समावेश गरिएको छ ।

नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);