अध्यक्ष ठाकुर सहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने जसपाकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

अध्यक्ष ठाकुर सहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने जसपाकाे निर्णय

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाले अध्यक्ष महन्थ ठाकुर सहित चार जना नेतालाई स्पष्टीकरण सोधेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय विपरित काम गरेको आरोप ती नेताहरुसँग स्पष्टीकरण सोध्ने तयारी भएको बताइएको छ । जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ । अध्यक्ष उपेन्द्र महतोको अध्यक्षमा बसेको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भटटराई, वरिष्ठ नेता अशोक राईलगायत उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा नेता राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य उपस्थिति थिए । जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);