काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको प्रतिक्रिया दिएको छ ।
प्रतिनिधिसभा विघटन लगत्तै नेपाली कांग्रेसले उक्त प्रतिक्रिया दिएको हो । साथै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनिबार बैठक बोलाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको प्रतिक्रिया दिए ।
सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामाभन्दै प्रवक्ता शर्माले महामारीको तेस्रो लहरको आकलन शुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको टिप्पणी गरेकाे छ । उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको आरोप समेत लगाएका छन् ।
संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै प्रवक्ता शर्माले कारबाही चेतावनीको पत्रलाई आधार मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधानले कहाँ दिएको छ ? भन्ने प्रश्न समेत गरेका छन् ।