कपिलवस्तु । कपिलवस्तु अस्पताल तौलिहवाले कोभिड र ननकोभिड बिरामीलाई उच्चतम रुपमा सेवादिनमा अक्सिजनका अभावकाकारण बिरामी मर्कामा परेकाले कपिलवस्तु अस्पताललाई ४० हजार नगद र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले अस्पतालका ब्यवस्थाक रत्नाकर शुक्लालाई सो नगर र सामाग्री हस्तान्तरण गरेका थिए ।
पिपिई ६८ सेट, सर्जिकल मास्क ७ सय पिस, ग्लोब्स २ प्याक, सनीटाईजर ३ ग्यालन, फेस सिल ३० वटा र पानी ५० कार्टुन उपलब्ध गराइएको हो । कोरोना संक्रमितको उपचार गर्न डा. हरुलाई सेफटी समाग्री नभएर सहजातका लागिआफुहरुले सो सामाग्री उपलबध गराएको भिक्षु सुपोतले बताए । उनले अस्पताललाई थप सहयागे गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।
अक्सिजननभई सास फेर्न नसक्नेहरुलाई निकै ग्राहौ भै रहेको छ । अस्पताले भूइमापि फर्म समेत राखेर सेवादिइएको रहेको छ । यता अस्पतालममा रहेका बेडहरु खचाखच भरिएका छन । अस्पतालको सबै बेड कोरोना संक्रमितले भरिएका छन । अक्सिजन र औषधीमात्रै चाहिने लक्षण देखिएका संक्रमीत बिरामीहरु राख्ने ठाउँ छैन ।
रोयल थाई मोनास्ट्री, लुम्बिनी स्वर्णभुमी र वाटथाई कपिलवस्तु निग्रोधरामले सो उपलबध गराएको हो ।लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको पहलमा अस्पताललाई सो सामाग्री दिइएको हो ।कोषका सदस्य ज्ञवालीले संटकका बेलामा मोनास्ट्रीले अस्पतालाई सहयोग गरेको आभार ब्यक्त गरे । उनले अस्पतालाई थपयहोग जुटाउन पहल गर्ने बताए ।