आजकाे मौसम: देशभर सामान्य देखि पूर्ण बदली, हल्का देखि मध्यम वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

आजकाे मौसम: देशभर सामान्य देखि पूर्ण बदली, हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात “ताउ-ते”  थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका केहि स्थानहरुमा भारि हिमपात र वर्षाका सम्भावना रहेको छ।

त्यसैगरी आज राति  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

देशका कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।

धेरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा र थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply