मंगलबार शेयर बजारमा नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मंगलबार शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

मंगलबार १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच भएका छन् । किनबेच शेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो । मंगलबार शेयर बजारमा उत्पादनबाहेकका सबै समूह बढेका छन् ।

बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, निर्जीवन बीमा कम्पनी ८१, अन्य १६, माइक्रोफाइनान्स ८५ र जीवन बीमा कम्पनी २०५ अंकले बढेका छन् । ११ कम्पनीको मूल्य १० प्रतिशत र अरु २२ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। सो कम्पनीको ६७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । दोस्रोमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ३१ करोड बराबरको कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);