काठमाडौं। आसन्न हुन लागेको वागमती प्रदेश अन्तर्गत रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि माओवादी केन्द्रले खिमलाल देवकोटालाई मतदान गर्न आग्रह गरेको छ।
सोमबार नेकपा माओवादी केन्द्रले एक बिज्ञप्ति जारी गर्दे राष्ट्रिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार देवकोटालाई मतदान गर्न आग्रह गरेको हो।
नेकपा माओवादी वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल,ब र संसदीय दलका नेता शालिकराम जमरकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आग्रह गरेका हुन् ।‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमालेबाट उम्मेदावार बनेका रामबहादुर थापा ‘बादल’लाई भने माओवादी केन्द्रले ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’आरोप समेत माओवादी केनद्रले लगाएको छ ।
देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षको साझा उम्मेद्वारको रूपमा अघि सारिएको थियो । पार्टीको आन्तरिक विवादको समस्या समाधान मिलाउन जारी रहेको ओली पक्ष र माधव पक्षको कार्यदलले के गर्ला भन्ने सवैलाई चासोको विषय बन्दै गएको छ ।