काठमाण्डौँ, ३१ असोज । नेपाल र चीनबिच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक रसुवागढी नाका ६ दिनका लागि बन्द गरिएको छ ।
चीनमा बुधबार हुन लागेको कंग्रेससभाको चुनावका लागि रसुवागढी नाका बन्द गरिएको प्रहरीले जनाएको छ ।
१९ औँ चिनियाँ नेशनल कंग्रेससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमा नाका बन्द गरेका हुन् ।
चुनावको अवधीभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । विभिन्न उद्धेश्यले रूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।