सर्लाहीमा कोरोना संक्रमणबाट मृत्युको संख्या ७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सर्लाहीमा कोरोना संक्रमणबाट मृत्युको संख्या ७ पुग्यो

सर्लाही । कोरोना संक्रमणबाट सर्लाहीमा थप एकजना व्यक्तीको मृत्यु भएको छ । यो सँगै मंगलबार सर्लाहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

जिल्लाका विभिन्न ठाउँमा गरी अहिले सम्म ७ जना व्यक्तीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो ।

सर्लाहीमा अहिले सक्रिय संक्रमितहरुको संख्या ३ सय ७० जना पुगिसकेको स्वस्थ्य प्रमुख श्रवनकुमार नायकले जानकारी दिए । सर्लाही जिल्लामा कोरोना सामुदायिक स्तरमा फैलिसकेकोले सजग र सुरक्षित भएर बस्न स्वास्थ्य कार्यालय प्रमुख नायकले स्थानीय जिल्लाबासीहरु सँग आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);