महेश बस्नेत संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८१, मंगलबार

महेश बस्नेत संक्रमणमुक्त

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार बिहान महेशको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट महेशलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

घरमै आइसोलेसनमा बसेका महेशले चिकित्सकको सल्लाहमा तत्काल दोस्रो पटक कोरोना परीक्षण गराएका हुन् ।

कोरोनाको कुनै लक्षण नदेखिएको महेशले बताएका छन् । महेशले भने –‘सार्वजनिक कार्यक्रमहरुमा सहभागी भईरहनु पर्ने कारणले सकेसम्म सतर्कता अपनाउने गरेको थिएँ । खानपानमा ध्यान दिँदै नियमित व्यायाम गर्ने गरेको थिएँ । भ्याक्सिनको दुबै डोज पनि लगाएको थिएँ ।’

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);