काठमाडौँ, ३० असोज । कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ। कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन्। युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन्।
कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा नवीकरण गरेको छैन । पीडितहरुले तलवसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।