राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन आज, नेकपा एमालेका उम्मेदवारकाे टुंगो लाग्न सकेन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन आज, नेकपा एमालेका उम्मेदवारकाे टुंगो लाग्न सकेन

काठमाडौं।  शुक्रबार बागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ ।

जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो । उम्मेदवारले विहान १० बजेदेखि दिउँसो चार बजेसम्म आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको माधव पक्षले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरि सकेको छ । देवकोटा मनोनयन दर्ताका लागि हेटौंडा समेत पुगि सक्नुभएको छ ।

यता नेकपा एमालेले भने उम्मेदवार मनोनयन गर्ने दिनसम्म पनि उम्मेदवारको निर्णय गर्न सकेको छैन । उम्मेदवारको टुंगो लगाउन बिहिबार स्थायी कमिटीको बैठक बसे पनि निर्णय हुन सकेन ।

माधव नेपाल निकट रहेका देवकोटालाई विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएपछि बागमती प्रदेशमा एमाले पक्षको कमजोर स्थिती हुने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);