किसानलाई लक्षित गरी बनाउन थालिएको चिस्यान केन्द्र तीन वर्षदेखि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

पाल्पा, २८ असोज । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानलाई लक्षित गरी बनाउन थालिएको चिस्यान केन्द्र तीन वर्षदेखि अलपत्र परेको छ ।

तानसेन नगरपालिका वडा नम्बर– ७, बाघखोरमा निर्माणाधीन चिस्यान केन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । भारतीय दूतावासको सहयोगमा बनाउन थालिएको चिस्यान केन्द्रको २५ प्रतिशतमात्र काम सकिएको छ । भारतीय दूतावासले सम्झौताअनुसार रकम निकासा नगरेकाले काम अघि बढाउन नसकिएको निर्माण कम्पनी हिमडुङ एन्ड थोकर र जय रक्तकाली जेबीले जनाएका छन् । स्थानीय बासिन्दाले भने चिस्यान केन्द्र निर्माण तत्काल अघि बढाउन माग गरेका छन् ।

दुई हजार टन क्षमता रहेको चिस्यान केन्द्र ४ करोड २५ लाख रुपैयाँ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तानसेन नगरपालिकाले भने ठेकेदार कम्पनीले काम अघि बढाउन ताकेता गरेको जनाएको छ ।

चिस्यान केन्द्र निर्माण भए पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पाँच जिल्लाका कृषक धेरै लाभान्वित हुने थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);