दिल्लीसँग कोलकत्ता नाइट राईडर्स ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

दिल्लीसँग कोलकत्ता नाइट राईडर्स ७ विकेटले पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

बिहीबार राति अहमदाबादमा भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो ।

कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शिखर धवनले ४६, कप्तान ऋषव पन्त १६ रनमा आउट भए । कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । सुबमन गिलले ४३, पाट कुमिन्स ११, राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए भने कप्तान इयान मोर्गन र सुनिल नारिन सुन्य रनमा आउट भए ।

दिल्लीका अक्षर पटेल र ललित यादवले २÷२ विकेट लिए । जितसँगै दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);