काठमाडौं, २८ असोज । काठमाडौंलाई तराईसँग जोड्ने एक महत्वपूर्ण मार्ग काठमाडौं–तराई दु्रतमार्ग निर्माणलाई नेपाली सेनाले तीव्र्र गतिमा अघि बढाएको छ ।
बाराको निजगढमा जोडिने दु्रतमार्गको काम अघि बढाउन निरीक्षणमा आएको सेनाको टोलीले शिविर खडा गर्ने कामलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
७६ दशमलव २ किलोमिटर लामो राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्गलाई चार वर्षभित्र सम्पन्न गर्ने गरी सेनाले जिम्मा लिएको छ ।