एजेन्सी, २८ असोज । बलिउड अभिनेता आदित्य पञ्चोली र उनकी पत्नी जरीना बहावले अभिनेत्री कंगना रनावतविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् ।
कंगना र उनकी बहिनी रंगोलीविरुद्ध आदित्यले आपराधिक मानहानीको आरोप लगाउँदै अंधेरीस्थित एक अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
कंगनाले एक अन्तर्वार्ताको क्रममा विगतमा आदित्यसँग प्रेमसम्बन्ध रहेको र उक्त समयमा आफू आदित्यबाट पीडित रहेको आरोप लगाएकी थिइन् ।
आदित्यले भनेका छन् कंगनाले वर्षौँदेखि टेलिभिनज मार्फत मेरो बदनाम गरेकी छिन् । उनी र उनकी बहिनी रंगोलीले अनावश्यक रुपमा मेरी श्रीमती, छोरा र छोरीलाई यस मुद्दामा तानेका छन् । म मेरो परिवारका बारेमा चिन्तित छु ।