एजेन्सी । कोरोना महामारीसँग जुधिरहेका अतिप्रभावित मुलुकलाई अमेरिकाले ६ करोड डोज भ्याक्सिन दिने भएको छ ।
अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका निर्मित खोप अतिप्रभावित मुलुकलाई उपलब्ध गराउन लागिएको ह्वाइट हाउसले जानकारी दिएको हो । खोप दिनुभन्दा पहिले अमेरिकाको औषधि नियामकले सुरक्षा समीक्षा गर्ने र ढुवानी लगायतका व्यवस्थापनका संवेदनशील हेरेर मात्र पठाउने बताइएको छ ।
राष्ट्रपति जो बाइडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप वितरण गर्न दवाव बढेसँगै आगामी महिना खोप वितरण गर्ने भएको हो । अमेरिकाले गत महिना पनि क्यानडा र मेक्सिकोलाई चार मिलयिन डोज खोप उपलब्ध गराएको थियो ।
ह्वाइट हाउसका प्रेस सचिव जेन सासाकीले पत्रकार सम्मेलन गरेर ६० मिलियन डोज खोप वितरण गर्ने बताएपनि कुन कुन देशलाई उपलब्ध गराउने हो भन्ने बारे भने नखुलाएको बीबीसीले जनाएको छ ।
यसैबीच अमेरिकाले भारतलगायत अति प्रभावित राष्ट्रहरुमा खोपलगायत विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ । राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी भारतलाई अवश्यक पर्ने खोपको मात्रा, अक्सिजनलगायत उपचाका लागि आपतकालीन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
अमेरिकामा हालसम्म फाइजर बायोटेक, मोर्डन इङ्क । जोनसन एण्ड जोनसन भ्याक्सिनहरु उत्पादन भइरहेका छन् ।