इनरुवा, २८ असोज । संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस गरेको छ। पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ।
सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिस गरेको छ। फोरमबाट जिल्लाका प्रदेश र संघको प्रतिनिधि सभाका लागि १२ पदका लागि १२३ जना सम्भावित नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष महेन्द्र यादवले जानकारी दिए।
जिल्लाबाट प्रत्यक्षबाट १२ जना र समानुपातिक १४ उम्मेदवारका लागि १२३ जनाको नाम सिफारिस गरिएको हो। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं १ बाट वरिष्ठ नेता अशोककुमार राई, ध्यानबहादुर राई, भीम राई सिफारिसमा परेका छन् भने समानुपातिकतर्फ दुर्गामाया लिम्बू, विरेश थापा, रकम चेम्जुङ, ध्यानबहादुर राईको नाम सिफारिस गरिएको छ।