अब पनि सचेत नभए स्थिति भयावह हुन्छ, संक्रमित राख्ने ठाउँ हुँदैन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

अब पनि सचेत नभए स्थिति भयावह हुन्छ, संक्रमित राख्ने ठाउँ हुँदैन

काठमाडौं । सरकारले तोकेका जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

कोभिड–१९ संक्रमण यही गतिमा फैलिए संक्रमितको उपचारमा समस्या हुने भन्दै मन्त्रालयले सो अपिल गरेको हो । छिमेकी भारतका हृदयविदारक दृश्य र नेपालकै केही ठाउँको दुःखद अवस्था देखेर पनि सचेत नबने संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने मन्त्रालयले जनाएको छ ।

अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेकाले समयमै सचेत बन्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गर्नुभएको सूचनामा लेखिएको छ ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन, त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलित हुन नदिऔँ, खबरदारी गरौँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);