राजधानीको फोहोर पृथ्वी राजमार्गमा, सडक आसपास दुर्गन्ध फैलदै | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

धादिङ, २८ असोज । देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन्। त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा थुप्रिएको फोहोरका कारण राजमार्ग क्षेत्रमा दुर्गन्ध बढ्दै गएको छ।

राजमार्ग आसपासका स साना बजार र बस्तीहरुबाट निस्कने फोहोर राजमार्ग छेउछाउमै फाल्नाले पनि दुर्गन्ध बढ्दै गएको हो। चाडबाडको समयमा सवारी साधनमार्फत काठमाडौंबाट समेत फोहोर ल्याएर राजमार्ग छेउछाउमै अव्यवस्थित रुपमा फालिदिनाले राजमार्ग आसपासका क्षेत्रमा फोहोरमैला बढ्दै गएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार