अयोग्यको बिल्ला खारेज गरी सम्मान गरिनु पर्ने बहिर्गमित जनमुक्ति सेनाको माग | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

अयोग्यको बिल्ला खारेज गरी सम्मान गरिनु पर्ने बहिर्गमित जनमुक्ति सेनाको माग

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो ।

त्यसैगरी तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरुप तत्कालीन समयका १८ वर्ष मुनिका बाल सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनु पर्ने पनि माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेनालाई स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गरेका छन् ।

साथै सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरुलाई औषधि उपचारसहितको दिर्घकालिन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्र्नु पर्ने समेत मागमा उल्लेग गरिएको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ्ग लिम्बुले जनयुद्धकालका नेतृत्व तथा कमाण्डरहरुले आफूहरुलाई वेवास्ता गरेको गुनासो गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनमुक्ति सेना र आन्दोलनका योद्धाहरुलाई सम्झिएको उनको भनाई छ ।

नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);