काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार साँझ आफ्नो निवासमा डिनरको निम्ता दिए। सो अनुसार गौतम पनि साँझ ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगे।
गौतम बालुटार पुगेपछि सन्चो विसन्चोको कुरापछि सुरु भयो पार्टीको बिषयमा कुरा कानी ओलीले पार्टी काममा आफूसँग फर्कन अनुरोध गरे। तर गौतमले आफु पार्टी काममा फर्कन एउटा शर्त राखे त्यो थियो चैत २८ को निर्णय अघि फर्कनु पर्ने।
चैत २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गौतम –नेपाल खनाल पक्षको सभागिता विनै २८ जनालाई केन्द्रीय समितिका मनोनय गरेका थिए।
‘तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ । गौतमले भने ा