नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, विशाल बजारमा लगानीकर्ताको आकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, विशाल बजारमा लगानीकर्ताको आकर्षण

stock-nepse-market

काठमाडौं । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । यस अघि बुधबार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकले ओरालो लागेको थियो । दिनभर भएका ७५ हजार १ सय ८ कारोबारबाट २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।बिहीबार विशाल बजार कम्पनी, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् ।

त्रैमासिक वित्तीय विवरण समेत नबुझाएको भन्दै ३ महिना अघि विशाल बजारको सेयर कारोबार नेप्सले रोक्का गरिदिएको थियो । ३ महिनापछि कारोबार खुल्दा विशाल बजारको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ । आईपीओ सूचीकृत भएपछि लगातार बढ्दै आएको महिला लघुवित्तको सेयर मूल्य पनि आज ९.९७ प्रतिशतले वृद्धि भएर १ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);