लुम्बिनी । लुम्बिनी प्रदेशका १० जिल्लाका ३५ रेफ्रीले अखिल नेपाल फुटबल संघ एन्फाबाट मान्यता पाएका छन् । घोराहीमा संचालित रेफ्री तालिमको कोर्ष पूरा गरेकाले ती रेफ्रीहरुलाई एन्फाले मान्यता दिएको हो । यो सँगै राष्ट्रिय तथा स्थानिय स्तरमा हुने खेलका लागि दक्ष रेफ्रिका अभाव हुने विगतको अवस्थाको अन्त्य भएको छ ।