माटाको भाँडा नबिकेकोमा कोहार जाति चिन्तित | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

कपिलवस्तु, २६ असोज । माटोका भाँडाकुँडाको प्रयोग, चाडपर्व र विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रममा सीमित बनेसँगै माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कोहार जाति समस्यामा परेका छन् ।

दशैं र तिहार र अन्य चाडपर्वको समयमा पनि पहिलेजस्तो माटाका भाँडा बिक्री हुन छाडेको उनीहरुको भनाइ छ ।

प्लास्टिकका सामान र झिलिमिली बत्तीका कारण माटाका भाँडाकुँडाको प्रयोग घटेको हो ।

विगतमा माटाका भाँडा बेचेर २०–२५ हजार रुपैयाँ आम्दानी गर्नेहरुले गत वर्षदेखि एक–दुई हजारका मात्र भाँडा बिक्न थालेको बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);