चिनियाँ अर्बपति 'ज्याक मा' माथि झण्डै तीन अर्ब डलरको जरिवाना | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

चिनियाँ अर्बपति ‘ज्याक मा’ माथि झण्डै तीन अर्ब डलरको जरिवाना

एजेन्सी, २९ चैत । चिनियाँ अर्बपति ब्यापारी ज्याक मा माथि झण्डै तीन अर्ब डलरको जरिवाना तोकिएको छ । एकाधिकार ब्यापार सम्बन्धि कानुन उल्लंघन गरेको भन्दै चिनियाँ अरबपति ब्यापारी ज्याक माको अनलाईन ब्यापारसम्बन्धि कम्पनी अलिबाबासँग २ अर्ब ७८ करोड डलर जरिवाना गरेको हो ।

चीनको बजार नियमन गर्ने सरकारी निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर) ” ले अलिबाबालाई उक्त जरिवाना तोकेको हो । एसएएमआरले गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान गरेको थियो र त्यही अनुसन्धानमा दोषी पाईएपछि जरिवाना गर्नुपरेको जनाएको छ ।

अलिबाबामाथि, उसका मार्फतबाट आफ्ना उत्पादनको कारोवार गर्न चाहने व्यवसायीलाई प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट खुल्न आएकोले बजारमा एकाधिकार कायम गर्न खोजेको भन्दै उसलाई कारवाही गर्नु परेको एसएएमआरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);