लुम्बिनीमा सरकार ढाल्न कांग्रेसले कुनै प्रयास नगर्ने : फकारुदीन खान | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

लुम्बिनीमा सरकार ढाल्न कांग्रेसले कुनै प्रयास नगर्ने : फकारुदीन खान

काठमाडौं, २६ चैत । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न कुनै हर्कत नगर्ने भएको छ । संसदमा कांग्रेसका प्रमुख सचेतक फकारुदीन खानले कांग्रेसले सरकार ढाल्ने कुनै पनि गतिविधि अहिले नगर्ने बताएका हुन् । खानले आफूहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए ।

खानले भने–‘अहिले हामी वेट एण्ड वाचको अवस्थामा छौँ ।’ लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे उनले भने– ‘सरकार ढाल्ने पहलमा माओवादी वा जनता समाजवादी पार्टी सक्रिय हुनुपर्ने हो तर उहाँहरुले कुनै कदम उठाउनुभएको देखिँदैन ।’ माओवादी या जसपाले अविश्वासको प्रस्ताव ल्याएपछि मात्र कांग्रेसले निर्णय दिने उनले बताए ।

जसपा र माओवादीसँग निरन्तर बैठक गरिरहेको तर त्यो बैठक सरकार विरोधी गठबन्धन बनाउनलाई नभएको खानले स्पष्ट परो । लुम्बिनी प्रदेश सभामा अहिले ८५ सांसद छन् । बहुमतका लागि ४३ सांसद चाहिन्छ । सभामुखबाहेक माओवादीसँग १७ सांसद छन् ।

कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एकसहित ४३ सांसद जुटाए मात्र एमालेको विकल्पमा प्रदेशसभाबाट सरकार गठन हुनसक्छ ।

Leave a Reply

ताजा समाचार