चैत २४ः जनताको मनले मनाउने जनआन्दोलन दिवस | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

चैत २४ः जनताको मनले मनाउने जनआन्दोलन दिवस

काठमाडौं, २४ चैत।  २०४६ को जनआन्दोलनको बलमा ३० बर्से निर्दलीय पञ्चायती शासकलाई घुँडा टेकाएको दिन चैत २४ ।

लाठी गोली र दमनको पर्बाह नगरी सडकमा निस्केर शासकलाई चुनौती दिएको दिन चैत २४ । तर यो दिन आँउछ जान्छ । कुनै औपचारिक तरिकाबाट यस्तो महत्वपूर्ण दिन सम्झने गरेको छैन । जनताको मन मनबाट मात्र यस दिनलाई सम्झने गरिन्छ । यो जनताको दिवस हो । त्यसैले जनस्तरबाट मात्र यस दिनलाई सम्झना गर्ने गरिन्छ ।

तत्कालीन वाममोर्चा र कांग्रेसले गरेको संयुक्त आन्दोलन उत्कर्षमा पुगेको थियो, २०४६ चैत २४ गते । आन्दोलन थेग्न नसकेर तत्कालीन राजा वीरेन्द्रले मरिचमानसिंह श्रेष्ठलाई प्रधानमन्त्रीबाट हटाएर पछि हट्न खोजेको सन्देश दिएका थिए ।

‘चैत २४ गते वाममोर्चाका तर्फबाट नेपाल बन्द घोषणा गरिएको थियो । जनताले विद्रोह गरे । परिणामस्वरूप राजा वीरेन्द्रले चैत २६ गते वाममोर्चा र कांग्रेससँग सम्झौता गरेर बहुदलको घोषणा गरेका थिए ।

चैत २४ गते आन्दोलन उत्कर्षमा आउनका लागि यस अघिका धेरै आन्दोलनले आधार टेकेको पाईन्छ । राज महेन्द्रले तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई सत्ताच्युत गरे २०१७ साल पुस एक गते सत्ता आफ्नो हातमा लिएपछि त्यो कदमविरुद्ध साना ठूला आन्दोलन निरन्तर भईरहे ।

यसबीचमा कम्युनिष्टहरुले झापामा सशस्त्र विद्रोह गरेका थिए । यसै क्रममा २०३६ सालमा प्रजातन्त्रका लागि ठूलो जनआन्दोलन भयो । तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरेर त्यसलाई सामसुम बनाउने प्रयास गरेका थिए । सुधारिएको पञ्चायत कि बहुदल भन्ने दुईवटा बिषयमा जनमत संग्रह घोषणा गरियो । करिव चार लाखभन्दा बढी मत सुधारिएको पञ्चायतको पक्षमा आएको दावी गर्दै उसको जित भएको घोषणा गरिएको थियो ।

पञ्चायती संविधानमा संसोधन पछि जनताका मौलिक अधिकारमा केही प्रगति जस्तो देखिए पनि त्यो एउटा चाल मात्र भएको राजनीतिक दलहरुले बुझ्न पुगे । सानातिना आन्दोलन जारी नै रहे ।

२०४६ सालमा आईपुग्दा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले संयुक्त आन्दोलन गर्ने र प्रजातन्त्रका लागि संघर्ष गर्ने घोषणा गरे । उनीहरुले २०४६ फागुन ७ गतेको दिनलाई आन्दोलन सुरु गर्ने दिन रोजे । सो अनुसार चैत २४ मा आन्दोलन उत्कर्षमा पुग्यो ।

चैत २४ राजनीतिक परिवर्तनका लागि अर्को महत्वपूर्ण दिन पनि मानिन्छ । दोस्रो जनआन्दोलनको सुरुवात पनि दलहरूले ०६२ चैत २४ मा नै थालेका थिए । त्यसले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना ग¥यो ।

०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो । लौह पुरुष गणेशमान सिंह नेतृत्वको अहिंसात्मक आन्दोलन थियो त्यो । शान्तिपूर्ण सत्याग्रही आन्दोलनबाटै शासकलाई घुँडा टेकाउन सकिने महत्वपूर्ण नजिर स्थापित भएको थियो।

०४६ को आन्दोलनमा छिमेकी भारतको पनि सहयोग थियो । गणशेमान सिंहको चाक्सीबारीस्थित निवासमा त्यसबेला भारतीय नेता चन्दशेखरलगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);