जोर्डनका पूर्व युवराज हम्जा बिन हुसेन घर मै नजरबन्दमा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

जोर्डनका पूर्व युवराज हम्जा बिन हुसेन घर मै नजरबन्दमा

एजेन्सी, २२ चैत । मध्ये पूर्वी राज्य जोर्डनको राजघरानाभित्र लामो समयदेखि चल्दै आएको द्वन्द सार्वजनिक भएको छ ।

जोर्डन नरेश अब्दुल्लाह दोश्राका सौतेनी भाई तथा पूर्व युवराज हम्जा बिन हुसेनले जोर्डन दसवारले आफूलाई घरमै नजरबन्द गरेको आरोप लगाएका छन् ।

हुसेनले वीवीसीलाई उपलब्ध गराएको पाँच मिनेट लामो भिडियोमा जोर्डन नरेश अब्दुल्लाहमाथि देशमा भ्रष्टाचारलाई बढावा दिएको देशका नागरिकले शासनबाट उत्पिडित हुनु परेको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, यतिबेला जोर्डन सरकारले शाही परिवार र सरकारविरुद्ध आवाज उठाएको भन्दै झण्डै १९ जनालाई गिरफ्तार गरिएको छ । सँगै पूर्व युवराज हम्जा बिन हुसेनमाथि सत्ता पल्टाउने षडयन्त्रमा संलग्न रहेको आरोप लगाईएको छ ।

जोर्डन सरकारले हुसेनलाई आफ्ना निकट पारिवारिक सदस्यसँग भेटघाट बाहेक बाहिर हिंडडुलमै प्रतिबन्ध लगाईएको छ । अब्दुल्लाह सरकारले आफ्नो घरमा रहेको सेटेलाईट फोन सेवा समेत अबरुद्ध गरिदिएको हुसेनले बताएका छन् । आफ्ना नीजि कानुन व्यवसायीको सहयोगमा हुसेनले जारी गरेको पाँच मिनेट लामो भिडियोमा, आज बिहान जोर्डनका सशस्त्र सुरक्षा बलका प्रमुखले आफूलाई भेटेरै आफू स्वतन्त्र रुपले बाहिर निस्कन नपाउने र कुनै बाहिरी व्यक्तिसँग भेटघाट गर्न नपाउने सूचना दिएको उल्लेख गरेका छन् ।

हालै युवराज हुसेनले राजधानी शहर अम्मान नजिकको एक जनजाती बस्तीका नेतासँगको भेटपछि जनजाती समूहको समर्थनमा आफू उभिने बताए लगत्तै जोर्डन सरकारले हुसेनमाथि निगरानी राख्ने नियतले यो आदेश जारी गरेको बताईएको छ ।

यता हुसेनले भने आफूले जनजाती नेतालाई भेटेर गरेको घोषणा गलत नभएको बताएका छन् । युवराज हुसेनले आफूलाई नजरबन्द गरिएको समाचार सार्वजनिक गरेलगत्तै जोर्डन सेनाका प्रमुख जनरल युसेफ ह्यूनिटीले भने हुसेनको आरोपको खण्डन गर्दै उनलाई गिरफ्तार वा अन्य कुनै प्रकारका प्रतिबन्ध नलगाएको दाबी गरेका छन् । सेना प्रमुख ह्युनिटीले युवराजलाई उनका गतिविधि रोक्नका लागि अनुरोध गरिएको बताउँदै, युवराज हुसेनका गतिविधि जोर्डनको सुरक्षाका लागि चुनौती थपिएकाले सरकारले सावधानी अपनाउनकै लागि उनलाई सचेतसम्म गराएको दावी गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

युवराज हुसेन जोर्डनका पूर्व राजा हुसेन की दोश्री पत्नी रानी नुरका जेठा छोरा हुन् । सन् १९९९ मा हम्जालाई जोर्डनको युवराज घोषणा गरिएको थियो । राजा हुसेनको मृत्यु पछि अब्दुल्लाह जोर्डनका राजा भए लगत्तै सन २००४ मा हम्जाको युवराजको पदवी खोसिएको थियो । त्यस यता जोर्डन शाही परिवारभित्र द्वन्द चर्किंदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);