एजेन्सी, २१ चैत । पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।
दक्षिण अफ्रिकाको सेन्चुरीयनमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।
उनको यो १३ औं एकदिवसीय शतक हो । यसैगरी इमाम उल हकले ७० र मोहमद रिजवानले ४० रन बनाए । दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ विकेट लिए ।
एडिलेको नाममा २ विकेट रह्यो । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले । डेभिड मिल्लरले ५० रन र एडिलेले २९ रन बनाए पाकिस्तानका सहिन शाह अफ्रिदी र हरिस राउफले २÷२ विकेट लिए । जितसँगै ३ खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।