नेपाली मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नु पर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाली मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नु पर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

काठमाडौं, २० चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नु पर्ने बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनु पर्नेमा जोड दिएका हुन् ।

सही सूचनालाई विश्वभर पु¥याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनको भनार्य छ । कमी कमजोरीहरुलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए । मिडियाबाट आएका समाचारहरुबाट पनि सांसदहरुले आफूलाई सुधार गर्ने गरेको उहनले बताए ।

संसदको गतिविधिहरुलाई जनता समक्ष पु¥याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको पनि उनको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);