काठमाडौं, १४ चैत । चीनले नेपाललाई दिने भनेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज सिनोफार्म खोप सोमबार नेपाल आइपुग्ने भएको छ । शनिबार बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको सो खोप सोमबार काठमाडौं आइपुग्ने चिनियाँ दुतावासले जनाएको छ ।
खोप लिनका लागि आइतबार नेपाल वायुसेवा निगमको चार्टर विमान बेइजिङ प्रस्थान गर्ने तालिका रहेको छ । नेपालले आपतकालिन प्रयोगका लागि अनुमति दिएको उक्त खोप लामो समयदेखि बेइजिङमा अलपत्र परेको थियो ।