म्यानकारका सैनिक प्रमुखले गरे प्रजातन्त्र पुर्नस्थापनाको वाचा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

म्यानकारका सैनिक प्रमुखले गरे प्रजातन्त्र पुर्नस्थापनाको वाचा

एजेन्सी, १४ चैत । म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले सुरक्षित रुपमा प्रजातन्त्र पुर्नस्थापना गर्ने वाचा गरेका छन् ।

शनिबार सैनिक दिवसको अवसरमा सैनिक प्रमुख जनरल मिनले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रजातन्त्र पुर्नस्थापनाको वाचा गरेका हुन् । सम्बोधनका क्रममा उनले गर्ने समेत बताएका छन् । यद्यपी निर्वाचनको मिति भने बताएनन् ।

म्यानमारमा गएको फेब्रुुअरी १ मा सेनाले कू गरेको थियो । आङ साङ सुची लगायत निर्वाचित प्रतिनिधिहरुलाई नियन्त्रणमा लिएर सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

सेनाले प्रजातन्त्र पुर्नस्थापना गर्ने वाचा गरे पनि प्रदर्शनमाथि दमन भने जारी राखेको छ । म्यानमारमा सत्ता सम्हालिरहेको सैनिक जुन्टाले प्रदर्शनको लागि सडकमा निस्किए टाउको वा ढाडमा गोली हान्ने चेतावनी दिएको छ ।

आन्दोलनकारीहरुले शनिवार सैनिक दिवसको दिनमा वृहत प्रदर्शन गर्ने घोषणा गरेसँगै सेनाले यस्तो चेतावनी दिएको थियो । चेतावनीका बावजुत पनि त्यहाँ प्रदर्शनहरु भईरहेका छन् । शनिबार मात्रै १२ देखि २२ प्रदर्शनकारीको सेनाको गोली लागेको मृत्यु भईसकेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

म्यानमारमा हालसम्म जम्मा ३ सय २० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भईसकेको छ अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);