अब दिनहुँ उड्नेछ राजधानीको आकाशमा यस्तो बेलुन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

काठमाडौँ, २५ असोज । आगामी फगुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ। त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ।

हरेक बिहान ५ ४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ। बेलुनले त्यहाँको तापक्रम, वायुको गति तथा दिशा, बादलको अवस्था सापेक्षिक आद्रतालगायतको अवस्थाबारे जमिनरसतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ।

ती तथ्यांकलाई प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् र पछि विश्लेषण गर्नेछन्। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);