टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन गृहमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन गृहमन्त्रीको आग्रह

एजेन्सी , १२ चैत । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

थारु कल्याणकारी सभा र थरुहट-थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिन देखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरुलाई भेटन बिहीबार पुग्नुभएका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले आजैको मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पु¥याउने प्रतिवद्धता समेत जनाए । उनले टिकापुर घटनाका कतिपय विषयहरु राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानूनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने बताए ।

पूर्व सांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफै आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताए । उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताए ।

उनले थारु कल्याणकारी सभा र थरुहट-थारुवान संयुक्त संघर्ष समितिको नाउँमा लिखित रुपमा नेपाल सरकारले पत्राचार गरेमा मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताए ।

थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);