उत्तर कोरियाको सातिर चोरी, दक्षिण कोरियाका महत्वपुर्ण दस्ताबेज गायब | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

एजेन्सी, २४ असोज । उत्तर कोरियाले दक्षिण कोरियाका कम्प्युटरहरुबाट प्राविधिक विधि अप्नाई विभिन्न डाटाहरु चोरी गरेको आरोप लगाएको छ ।

उत्तरले कम्प्युटर ह्याकरको सहयोगबाट दक्षिण कोरियाका कम्प्युटरबाट डाटा चोरी गरेको खुलासा गरेको हो ।

चोरी गरिएका डाटा भित्र कोरिया युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन्।

उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अतिसम्वेदनशील तथ्यांकहरु चोरेको दक्षिण कोययाले जनाएको छ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी जानकारी दिएका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);