सरकारको सहयोग रकम जोशी परिवारद्वारा अस्विकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सरकारको सहयोग रकम जोशी परिवारद्वारा अस्विकार

काठमाडौं, ८ चैत । नेपाल कांगे्रसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनिएको रकम जोशी परिवारले अस्विकार गरेको छ । गएको बिहीबारको मन्त्री परिषद्को बैठकले मस्तिष्क घातको उपचार गराईरहेका जोशीको उपचारका लागि १० लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले शुक्रबार नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्था बुझ्न जाँदा निर्णयको जानकारी गराएका थिए । सरकारले दिने घोषणा गरेको रकमले जोशीलाई आवश्यक औषधि खरिदका लागि समेत अपर्याप्त भएको भन्दै परिवारले अस्विकार गरेको बताइएको छ ।

जोशी फागुन १४ गते देखि नर्भिक अस्पतालमा मस्तिष्कघातको उपचार गराइरहेका छन्। उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । स्वास्थ्य अवस्थामा भने खासै सुधार नआएको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);