घृणा र चेतावनीविरुद्ध बोल्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

घृणा र चेतावनीविरुद्ध बोल्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रह

एजेन्सी, ७ चैत। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घृणा र चेतावनीविरुद्ध बोल्न अपिल गरेका छन् । रंगभेदका घटना देख्दा पनि चुप रहनु अपराध सरह रहेकाले यस्ता घृणा तथा चेतावनीयुक्त गतिविधिविरुद्ध आवाज उठाउन बाइडेनले आग्रह गरेका हुन्।

जर्जियाको एट्लान्टाका तीन मसाज पार्लरमा भएको आक्रमणमा ६ जना एसियन महिलासहित ८ जनाको ज्यान गएपछि बाइडेनले यस्तो अपिल गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जर्जिया पुगेर एसियन–अमेरिकन नेताहरुसँग भेट गर्ने क्रममा बाइडेनले अपराधका घटनाविरुद्ध बोल्न अपिल गरेका हुन् ।

प्रहरीले अहिलेसम्म सो आक्रमण रंगभेदी मनोभावका कारण निर्देशित रहेको बताएको छैन ।

तर पछिल्ला महिनाहरुमा एसियन–अमेरिकनमाथि हिंसा तथा दुव्र्यवहारका घटना बढ्दै गएका बेला आक्रमण भएको हो । राष्ट्रपति बाइडेनले रंगभेदले देशलाई लामो समयसम्म घाइते पार्ने हुनाले सबै अमेरिकीहरु यसविरुद्ध लाग्नु पर्ने उल्लेख गरे ।

यस्तै राष्ट्रपति बाइडेनले कोरोना भाइरससँग सम्बन्धित घृणाजन्य अपराध सम्बन्धी विधेयक पारित गर्न संसदलाई सुझाव दिएका छन् । अमेरिकी संसदमा दुई एसियन–अमेरिकन सांसदले सो विधेयक दर्ता गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);