भैरहवा, ५ चैत । तराई मधेश जनता पार्टी (टाईगर्स) विगतमा आफ्नो पार्टी र सरकारबीच भएको सम्झौता अनुसार सरकार अगाडी नबढेको बताए । आफूहरु शान्तिपूर्ण राजनीतिमा आइसके पनि सरकारकोतर्फ सम्झौता कार्यान्वयन नगरिएको सो पार्टीको भनाइ छ ।
बिहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी टाईगर्सले २०७५ मंसिरमा सरकार र टाईगर्सबीच भएको ११ बुंदे सम्झौता कार्यान्यवन नभएको बताएको छ । टाईगर्सका केन्द्रीय सचिव मेजर पाण्डेले हालसम्म पनि कारागारमा रहेका नेता कार्यकर्तालाई रिहाई नगरिएको बताए ।
उनले कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नगरिएको बताए ।