’सी’ डिभिजन लिगमा समाज कल्याणको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

’सी’ डिभिजन लिगमा समाज कल्याणको विजयी सुरुवात

काठमाडौं, ३ चैत । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्रले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा सानो गौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै समाज कल्याणले विजयी सुरुवात गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक एक गोल गरे । सानो गौचरणका उर्गेन लामा र रमण तामाङले एक एक गोल फर्काए ।

जितसँगै समाज कल्याणले महत्वपूर्ण ३ अंक जोडेको छ । चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछन् । यस्तै समूहको पुछारमा रहेका दुई टोलीबीच प्ले अफमा पराजित हुने डी डिभिजनामा घटुवा हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);