बल्खुमा बोराभित्र महिलाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बल्खुमा बोराभित्र महिलाको शव फेला

काठमाडौं, ३ चैत । बल्खुमा एक महिलाको शव बोरामा भित्र राखिएको अवस्थामा फेला परेको छ । सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा राखिएको अवस्थामा एक महिलाको शव फेला परेको हो।

शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सन्तोषीको हत्यामा उनका श्रीमान् सन्तोष सापकोटाको हात रहेको पूर्वानुमान गरेको छ ।

प्रहरी घटनास्थल पुग्दा सन्तोष फरार भईसकेका थिए । सन्तोषी र सन्तोषबीच सम्बन्ध राम्रो नभएकाले सन्तोषले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

सन्तोषीको टाउकोमा ह्याम्मरले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । सन्तोषीका श्रीमानको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);