नेदरल्यान्ड्सलाई दुई विकेटले पराजित चौथो स्थानमा उक्लियो केन्या | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाडौँ, २३ असोज । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गरेको छ ।

नेदरल्यान्ड्सलाई हराँदै केन्या १२ अकंका साथ चौथो स्थानमा उक्लेको छ । नेदरल्याण्ड्सले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो । यस अघि नेदरल्यान्डस् नेपालसँग पराजित भएको थियो ।

आइतबार केन्याको राजधानी नाइरोबीमा भएको लिगमा टस हार्दै पहिले ब्याटिङ रोजेको आएरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । डब्लू बारेसीले ६९ रन बनाए भने एसजे माइबर्ग ५० रन बनाउँदै आउट भएका थिए । त्यस्तै रिपोनले ५१ रन जोडेका थिए । केन्याका शेम गोचेले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारे ।

केन्याका लागि डीएम गोन्दरियाको ६३ रन र सीओ ओबुयाले ५६ रनको पारीको जोड्दै २ विकेटको जित हात पारेको थियो। केन्या १२ खेलबाट १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १८, दोस्रो स्थानका पवुवा न्यूगिनीको १६ र तेस्रो स्थानको स्कटल्याण्डको १५ अंक छ भने हंगकंगको ११ अकंका साथ चौथो स्थानमा छ भने १० खेल खेलेको नेपाल ८ अंकका साथ ५ औँ स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);