किशोर तामाङ
कञ्चनपुर, २० फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल भारत सिमावर्ती क्षेत्र पुनर्वासमा भारतीय राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले निकैनै सास्ती दिई रहेको छ।
हिजो राति करिब १२बजे को समयमा दुधव नेशनल पार्कबाट नेपाल भारत सीमा पिल्लर नम्बर १७१ देखि १८४ बाट ३ झुण्ड जंगली हात्तीको बथान बच्चासहित नेपाल तर्फ पसेको खबर प्राप्त भएको छ।
भारतीय दुधव नेशनल पार्क गौरीफन्टा रेन्जर पोष्टका इन्चार्ज खडक बहादुर र तिरथपुर चौकीका कर्मचारी राजाराम तिवारी र रमेश पाण्डेले दिएको जानकारी अनुसार उक्त जंगली हात्तीको बथान नेपाल तर्फ पसिसकेको छ।
ठूलो सङ्ख्यामा हात्तीको बथान नेपाल तर्फ पसिसकेकोले अप्रिय घटना घट्ना नदिन सिमावर्ती नेपाली जनताहरूका उच्च सतर्क अपनाउन कुण्ड सब डिभिजन बन कार्यालय बाईसी बिचुवाले अनुरोध गरेका छन् ।
दुधवा नेशनल पार्क सग सिमा जोडिएका पुनर्वास नगरपालिका वडा नम्बर ७,८,९,१०र ,११ का जनताहरूले उखुबारी, गहुँबारी वा कहिकतै उक्त हात्तीको जत्था देखिएमा तुरुन्त आफ्नो टोल समाज, सुरक्षाकर्मी वा कुण्ड सब डिभिजन वन कार्यालय बाईसी बिचुवालाई सूचना दिई सम्भावित दुर्घटना बाट बचाउन र जनताको धन जनको क्षति हुन नदिन सम्पुर्ण सचेत नागरिकमा मद्दत गर्नका निम्ति कुण्ड सब डिभिजन वन कार्यालयका इन्चार्ज दिनेश यादवले अपिल गरेका छन् ।
दुधवा नेशनल पार्क नजिकै नेपाल भारत सिमावर्ती क्षेत्रमा केही दिन अघि मात्र जंगली हात्तीको आक्रमणबाट घाँस काट्न गएकी पुनर्वास नगरपालिका वडा नम्बर ८ की एक महिलाको मृत्यु भएको थियो ।