बी डिभिजन लिगमा झम्सिखेलमाथि खुमलटारको साँघुरो जित | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८१, शनिबार

बी डिभिजन लिगमा झम्सिखेलमाथि खुमलटारको साँघुरो जित

काठमाडाैं, १६ फागुन । खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजिन लिगमा साँघुरो जित हात पारेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो ।

प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो । रोमाञ्चक जित निकालेको खुमलटाले ८ खेलबाट तालिकामा १९ अंक बनाएकष्यो छ ।

यससँगै खुमलटारले शीर्ष स्थानमा एक खेल खेले अटाएको सातदोबाटोसँग अंक बराबरी गरेको छ । यस्तै पराजित झम्सीखेलको ८ खेलबाट ६ अंक छ । यस्तै अर्को खेलमा ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ ।

जितसँगै ब्वाइज युनियकनको ८ खेलबाट १४ अंक भएको छ । पराजित नयाँबस्तीको ८ खेलबाट ११ अंक छ । लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लब तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र श्री भगवती क्लबी बीच खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);